
१६ फागुन, काठमाडौ । काठमाडौ महानगरपालिकाले सडकसँगै जोडिएका जोखिमयुक्त पेट्रोल पम्प हटाउन तयारी थालेको छ । महानगरपालिकाको सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवर नेतृत्वको समितिले आपुर्ति मन्त्रालय, नेपाल आयल निगम, महानगरीय प्रहरीलगायतका निकायसँग भएको छलफलमा सोसम्बन्धी जानकारी गराएको हो ।
कुवँरका अनुसार १५ वटा हटाउनुपर्ने अवस्थाका पम्पबारे महानगरीय प्रहरीले समितिलाई जानकारी दिएको छ । । ती पम्पको सूची महानगरपालिकाले निगमलाई पनि दिएको छ । महानगरीय प्रहरीले दिएको सुझावमा दमकलचोकको एचपी इन्टरनेसनल इन्क, त्रिपुरेश्वरका जयन्ती र मायारराम भोलाराम, कलंकीका बाबा, स्याम र त्रिशुल, जोरपाटीका जुबी र बराल, एकान्तकुनाको गायत्री, महाराजगन्जको सीता, टेकुको कनक, सोल्टीमोङको सीता तथा बालाजुको कोतधुक पेट्रोल पम्प रहेका छन् । बिहीबारको राजधानी दैनिकबाट ।
वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:४२ मा प्रकाशित






























