१६ फागुन, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ननेछन् ।
उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्धय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेशराज ढुंगेलको उपस्थिती रहेको थियो ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिé सेवा लिईरहेका बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
वि.सं.२०७५ फागुन १६ बिहीवार ०९:५१ मा प्रकाशित






























