back
CTIZAN AD

बसले ठक्कर दिदाँ एक किशोरीको मृत्यु

वि.सं.२०७५ फागुन १६ बिहीवार

660 

shares

१६ फागुन, चितवन ।  कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् ।

कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७ नम्बरको बसले जुटपानीमा ना ५८ प ६३८५ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९ बस्ने ४९ वर्षीय चन्द्रबहादुर भट्टको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १४:३७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...