
१७ फागुन, काठमाडौ । खेल जनारामा निर्माण गरीएको नायक अनमोल के.सी अभीनीत चलचीत्र क्याप्टेनले शुक्रबार राम्रो व्यापार गर्न सकेको छैन । क्युएफएक्सका सिनेमा घरहरुमा ५० प्रतिशत सीट खालीनै रहेको क्युएफएक्सले जनाएको छ । अन्य सीनेमाहलहरुमा पनि राम्रो व्यापार नभएको बताइएको छ ।
मुलुक भर १ सय भन्दा बढी हलहरुमा एकै पटक रीलीज भएको बहुप्रतिक्षीत चलचित्र क्याप्टेनको रीलीज लाई मन्त्री रवीन्द्र अधिकारीको मृत्युले प्रभाव पारेको आङ्कलन गरिएको छ । नेपाल भारत सम्बन्ध लाई खेलको माध्यमबाट प्रस्तुत गरीएको क्याप्टेन भुवन के.सी ले निर्माण गरेका हुन् । प्रेम र खेल मार्फत राष्ट्रियताको भाव पोखेको क्याप्टेनले शुक्रबार ग्रस कलेक्सन कम गरे पनि अन्य दिन राम्रो गर्ने निर्माण पक्षले जनाएको छ ।
वि.सं.२०७५ फागुन १७ शुक्रवार १३:१४ मा प्रकाशित