back
CTIZAN AD

दलित र जनजातिका घर–घरमा धारा

वि.सं.२०७५ फागुन १९ आइतवार

828 

shares


१९ फागुन, दमौली । तनहुँको भिमाद नगरपालिका–५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १७० महिला र १७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ विसं २०७४ मङ्सिर २९ गतेबाट निर्माण शुरु भएको आमडाँडा खानेपानी आयोजना रु ८४ लाख ४७ हजार २७१ को लागतमा सम्पन्न भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार बासुदेव पाण्डेले जानकारी दिए ।

खानेपानी आयोजनाका लागि नेपाल सरकारले रु ३० लाख २८ हजार २६२, फिनल्याण्ड सरकारले रु ३० लाख २८ हजार २६२ आर्थिक सहयोग गरेको छ । आयोजनाका लागि भिमाद नगरपालिकाले रु आठ लाख ४४ हजार ७२७ र स्थानीय उपभोक्ताले रु पाँच लाख ८३ हजार ४५३ लागत सहभागिता व्यहोरेका छन् भने रु नौ लाख ६२ हजार ५६७ बराबरको जनश्रमदान गरेका छन् ।

खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३४३ उपभोक्ता लाभान्वित भएको आमडाँडा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष विवेक रानाले बताए । सोही वडाको भालुखोलाबाट पानी लिफ्टमार्फत् ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरसम्म वितरण गरिएको रानाले जानकारी दिए । एक घर एक धाराअन्तर्गत सबै उपभोक्ताको घरघरमा धारा जडान गरिएको हो ।

खानेपानी योजना नहुँदा अस्थायी मूलबाट पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो । दैनिक दुई÷तीन घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०८:०३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...