
१९ फागुन, पर्सा । पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रमा कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी अभलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।
पथलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रुख कटान सुरु भएको छ, पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवले भने, अब एकमहिना भित्र जंगलतिर पनि पाइप बिछ्याइसकिनेछ, वैशाख महिनाभित्र नेपालमा पाइप मार्फत तेल ल्याउछौ । आइतबारको नयाँ पत्रिका दैनिकमा तीवारी यादव र वसन्त खतीवडाले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १९ आइतवार ०८:१० मा प्रकाशित




























