back
CTIZAN AD

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरवासी उत्साहित

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

840 

shares

janakpur

अजयकुमार साह. १९ कात्तिक, महेन्द्रनगर (धनुषा) । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज हुने जनकपुर भ्रमणका लागि जनकपुरवासी निकै उत्साहित देखिएका छन् । मुखर्जीको स्वागत गर्न जनकपुरवासी निकै आतुर देखिएका छन् । उनको स्वागतमा सारा जनकपुरलाई बेहुलीझैँ सिङ्गारिएको छ

मुखर्जीको स्वागतका लागि जनकपुरको मुख्य सडकमा स्वागतद्वार र दुवै देशका राष्ट्रिय झन्डाले सजाइएको छ । आज बिहानैदेखि मानिस मुखर्जीको स्वागतका लागि नेपाल र भारतका झन्डासहित प्रमुख चोकमा उभिएर तयारी अवस्थामा छन् । जनकपुर विमानस्थलदेखि राष्ट्रपति मुखर्जी सवार हुने मुख्य चोक, सडकमा स्वागत तथा सजावट गरिएको हो ।

यसैगरी, राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गर्न विद्यार्थी पनि सडकमा आउने भएका छन् । उहाँलाई स्वागत गर्न जनकपुरका २५ वटा निजी विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी सडकमा नेपाल भारतको झन्डासहित उत्रिने प्यावसन धनुषाका उपाध्यक्ष विश्वलाल सिंहले जानकारी दिनुभयो ।

प्याब्सन र एन प्याब्सनले संयुक्तरुपमा समन्वय गरी व्यवस्थापन पक्षसँग सहकार्य गरेर राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न जनकपुरको विमानस्थलको अगाडि श्यामचोकदेखि शिवचोकसम्म दुवै छेउ विद्यार्थीले उभिएर झन्डा हल्लाई स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

स्वागतद्वारमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, श्यामचोक, क्याम्पसचोक, मुरलीचोक, क्षेप्रका, तिरहुतिया गाछी, रामचोक लगायतका स्थानमा स्वागतद्वार बनाइएको छ ।

जानकीमन्दिरलाई सरसफाइ गरी नयाँ रङ्गरोगन गरिएको छ भने विशेष किसिमले झिलिमिली बत्ती तथा टेन्ट, झालर आदिले सजाएर झकिझकाउ पारिएको छ ।

त्यसैगरी, मुखर्जी भ्रमणको पूर्वसन्ध्यामा बिहीबार सुरक्षा व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले जानकीमन्दिर तथा तिरहुतिया गाछीमा पूर्वाभ्यास गरेका धनुषाका प्रजिअ दिलीप चापागाईंले जनाउनुभयो ।

राष्ट्रपति मुखर्जी आज बिहान १० बजे जनकपुर आउने कार्यक्रम छ । विमानस्थलबाट उहाँले सिधा जानकीमन्दिर पुगी करिब २० मिनेट पूजाअर्चना गर्नुहुने छ । त्यहाँबाट तिरहुतिया गाछी जानुहुनेछ जहाँ जनकपुर उपमहानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले उहाँलाई नागरिक अभिनन्दन गर्नुका साथै नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ ।

जनकपुर उपमहानगरपालिका स्रोतबाट प्राप्त जानकारीअनुसार अभिनन्दन समारोहमा गृहमन्त्री विमलेन्द्र निधि तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही पनि सहभागी हुनुहुनेछ । राष्ट्रपति मुखर्जी अभिनन्दनका लागि मञ्च निर्माण गरिएको छ भने अभिनन्दन समारोहमा सहभागी हुने देशी तथा विदेशी पाहुना एवम् सर्वसाधारणका लागि भव्य पण्डाल निर्माण गरिएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्न दुई ढोकाको व्यवस्था गरिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको आगमनका क्रममा शान्तिसुरक्षाको व्यवस्थालाई कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अनुसन्धान विभागका कर्मचारी चोकचोकमा खटाइएका छन् । अहिले जनकपुरको प्रमुख चोक तथा गल्लीगल्लीमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ । रासस

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०४:१८ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...