Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सभापति देउवा भारत प्रस्थान



sherb deuba

१९ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज भारततर्फ प्रस्थान गर्नुभयो ।

सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जानुहुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नुुहुनेछ ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनुहुने स्वकीय सचिव देउवाले बताउनुभयो ।

सभापति देउवाका साथ उहाँकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी हुनुहुन्छ ।

सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कनु हुनेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।