back

सर्लाहीमा गोली हानी एक युवकको हत्या

वि.सं.२०७५ फागुन १९ आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD

१९ फागुन, सर्लाही ।सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए । मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए ।
गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन् ।

वि.सं.२०७५ फागुन १९ आइतवार १०:०० मा प्रकाशित

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

मध्यविन्दु (नवलपरासी) । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा...

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

अदानचुली(हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा...