back
CTIZAN AD

वरिष्ठ पत्रकार गौतमको निधन

वि.सं.२०७५ फागुन १९ आइतवार

708 

shares

१९ फागुन, काठमाडौ ।  वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ वर्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहेका थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिएका थिए। काठमाडाँै शाखाबाट उनी महासङ्घको केन्द्रीय पार्षद रहेका थिए ।

लाजिम्पाटमा बस्दै आएका उनका एक छोरा र श्रीमती छन् । यसै वर्ष उनी प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । उनकोे निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौँ शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको अध्यक्ष बिडारीले बताए ।

वि.सं.२०७५ फागुन १९ आइतवार १०:०७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...