back
CTIZAN AD

एकता समाज साहानिया एरिया समिति अध्यक्षमा प्रिन्जल राई चयन

वि.सं.२०७५ फागुन १९ आइतवार

693 

shares


उद्धव मगर, दोहा, कतार
मार्च १ का दिन साहानियाको यू.सि.सि क्याम्पमा कतार नेपाली एकता समाज साहानिया एरिया समितिको भेला सम्पत्र भएको छ ।

भेलाले पुर्ण ७ र दुई सल्लाहाकार गरी ९ सदस्सीय चयन गरेको छ । जसमा अध्यक्ष – प्रिन्जल राई उपाध्यक्ष – धीरज परियार, सचिव –सरोज लावती, कोषाध्यक्ष – मिठुन चक्रवर्ती राजवंशी , तथा सदस्यहरुमा नरविर लिम्बु, तिल बहादुर वि.क, सागर खड्का, र सल्लाहाकार गोपाल बुढा, अमर खत्री रहेका छन् ।

भेलामा कतार नेपाली एकता समाज साहानिया एरिया समितिका सदस्य धीरज परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुन मगर, अतिथी सचिवालय सदस्य टुकनाथ शर्मा, केन्द्रिय सदस्य गेकमान विश्वकर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।
एरिया समितिका सचिव प्रिन्जल राईको सञ्चालनमा भएको सो कार्यक्रममा विभिन्न आन्दोलनमा आहुती दिने सहिदहरु प्रति एक मिनट मौनधारणबाट कार्यक्रम सुरु गरिएको थियो ।

एरियाका कोषाध्यक्ष गोपाल बूढाले स्वागत गरेका थिए भने संस्थाको गतिविधि तथा आगामी कार्ययोजनाका बारेमा समितिका सचिव प्रिन्जल राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिदै विभिन्न विषयमा प्रष्ट पारेका थिए । विशेष अतिथी टुकनाथ शर्मा र अतिथी गेजमान वि.क ले समपूर्ण नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिएका थिए । अन्तमा कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको घोषणा अध्यक्ष धीरज परियारले  गरेका थिए ।

वि.सं.२०७५ फागुन १९ आइतवार १०:३० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...