back

एकता समाज साहानिया एरिया समिति अध्यक्षमा प्रिन्जल राई चयन

वि.सं.२०७५ फागुन १९ आइतवार

351 

shares
GLOBAL IME AD
NTC AD


उद्धव मगर, दोहा, कतार
मार्च १ का दिन साहानियाको यू.सि.सि क्याम्पमा कतार नेपाली एकता समाज साहानिया एरिया समितिको भेला सम्पत्र भएको छ ।

भेलाले पुर्ण ७ र दुई सल्लाहाकार गरी ९ सदस्सीय चयन गरेको छ । जसमा अध्यक्ष – प्रिन्जल राई उपाध्यक्ष – धीरज परियार, सचिव –सरोज लावती, कोषाध्यक्ष – मिठुन चक्रवर्ती राजवंशी , तथा सदस्यहरुमा नरविर लिम्बु, तिल बहादुर वि.क, सागर खड्का, र सल्लाहाकार गोपाल बुढा, अमर खत्री रहेका छन् ।

भेलामा कतार नेपाली एकता समाज साहानिया एरिया समितिका सदस्य धीरज परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुन मगर, अतिथी सचिवालय सदस्य टुकनाथ शर्मा, केन्द्रिय सदस्य गेकमान विश्वकर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।
एरिया समितिका सचिव प्रिन्जल राईको सञ्चालनमा भएको सो कार्यक्रममा विभिन्न आन्दोलनमा आहुती दिने सहिदहरु प्रति एक मिनट मौनधारणबाट कार्यक्रम सुरु गरिएको थियो ।

एरियाका कोषाध्यक्ष गोपाल बूढाले स्वागत गरेका थिए भने संस्थाको गतिविधि तथा आगामी कार्ययोजनाका बारेमा समितिका सचिव प्रिन्जल राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिदै विभिन्न विषयमा प्रष्ट पारेका थिए । विशेष अतिथी टुकनाथ शर्मा र अतिथी गेजमान वि.क ले समपूर्ण नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिएका थिए । अन्तमा कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको घोषणा अध्यक्ष धीरज परियारले  गरेका थिए ।

वि.सं.२०७५ फागुन १९ आइतवार १०:३० मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...