back
CTIZAN AD

नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन ललितपुरमा

वि.सं.२०७५ फागुन १९ आइतवार

1.2K 

shares

१९ फागुन, ललितपुर । नेपाल रेडक्रस सोसाइटी नेरेसो को केन्द्रीय सभाको विशेष महाधिवेशन हिजो र आज ललितपुर, गोदावरीमा आयोजना भइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु, सात वटै प्रदेश तदर्थ समितिबाट एकएक जना र नेरेसोका ७४ वटा जिल्ला शाखाबाट तीन–तीन जना, नयाँ गठन भई निर्वाचन सम्पन्न हुन बाँकी ३ जिल्लाका तदर्थ समितिका २-२ जना गरी करिव २८० प्रतिनिधि तथा पर्यवेक्षकहरूले महाधिवेशनमा वैधानिक तवरमा भाग लिनेछन् ।

नेपाल रेडक्रस सोसाइटीको मौजुदा विधानको कार्यान्वयनमा परेको अफ्टेरोमा छलफल गर्न संशोधित विधान महाधिवेशनमा पेश गरिनेछ ।
गत वर्षको नियमित महाधिवेशनबाट भएको विधानको सत्रौं संशोधन र त्यसको प्रमाणिकरणको प्रकृयामा जाँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौको पत्रद्धारा बाट प्राप्त निर्देशन समेतलाई ध्यानमा दिई वैधानिक प्रकृयाबाट सहज निकास दिन र निष्कर्षमा पुग्नका लागि केन्द्रीय सभाको यो विशेष महाधिवेशन आह्वान गरिएको हो । नेरेसोको ५५ वर्षे इतिहासमा ४७ वटा नियमित महाधिवेशन सम्पन्न गरिसकेपनि यो पहिलोे विशेष महाधिवेशन हो ।

नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठन, प्रतिवद्ध स्वयंसेवक र कर्मचारीहरू, अभियानका अंगहरू, सरकार, यूएनलगायतका सरोकारवाला संस्थाहरू र रेडक्रसप्रेमी नेपाली दाजुभाई दिदीबहिनी तथा संकटमा रहेका आमसमुदायको सहयोगमा भूकम्प, वाढी लगायत सबै कठीन परिस्थितिमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट ज्यादै सह्राना हुने गरी कार्य गरिरहेको जानकारी गराउँदछौ । समुदायले पनि हाम्रा कामहरूलाई उत्तिकै अपनत्व लिएका छन् ।

नेरेसोले सांगठनिक र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउँदै गएको छ । हाल देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा रहेका रेडक्रसका निकायहरू थप उत्साहका साथ उत्थानशील समुदाय निर्माणको लागि खटिइरहेको अवस्था छ ।
यसैबीच ग्रामीण, शहरी तथा विद्यालयहरूमा आधारित एकीकृत विपद्् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमहरूको विकास र विस्तार, नगद सहयोग कार्यक्रम, स्थानीय कोष सङ्कलन, द्रुत लेखाजोखा सर्वेक्षण तथा सञ्चारका क्षेत्रमा नयाँ प्रविधिको सुरूआत जस्ता उदाहरणीय कार्य भइरहेका छन् ।
त्यस्तै, ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सुदृढीकरण,Red Cross Emergency Clinic -RCEC कार्यक्रमको विस्तार, जोखिममा रहेका व्यक्ति-समुदायको संरक्षण तथा समावेशीकरणका गतिविधिहरूको विस्तार,Youth Engagement Strategy को कार्यान्वयन, सामुदायिक सहभागिता र जवाफदेहिताको अभिबृद्धि, खानेपानी तथा सरसफाइ सेवालगायत समुदायको क्षमता अभिबृद्धि, गोदामघरहरूको निर्माण र स्तरोन्नति, आय आर्जन भवनहरू निर्माण, रक्त सञ्चार सेवालाई सर्वसुलभ बनाउन सेवा विस्तार र रक्त कम्पोनेन्ट प्रविधिहरूको वढ्दो प्रयोगलाई जोड दिइँदै आएको सर्वविदितै छ ।
हाम्रा लक्षितवर्ग भनेको पीडामा रहेका वा अति संकटासन्न परिवार नै हुन् । वर्षेनी रेडक्रसका सेवाहरु २५ लाख मानिस समक्ष पुगिरहेको छ ।

नेरेसोले आफ्ना मानवीय सेवा र विकासमूलक गतिविधिहरूको विकास, विस्तार र अझ सुदृढ बनाउने प्रतिवद्धता जाहेर गर्दैै संस्थालाई सकारात्मक सहयोग दिनुहुने नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, संयूक्त राष्ट्रसंघका निकायहरु, सञ्चारकर्मी तथा सबै सहयोगी शुभेच्छुक महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछ ।

अन्तमा, रेडक्रसको सिद्धान्तअनुरुप निष्पक्ष र पारदर्शी ढङ्गले मुलुकमा रहेका मानवीय सेवाका चुनौतीहरुलाई सम्बोधन गर्न हामी तत्पर छौं । संस्थाको वैधानिक विषयमा तत्काल परेका अफ्टेरोहरुलाई पार गर्दै दीर्घकालिन रुपमा समस्या समाधान गर्न पनि यस महाधिवेशन महत्वपूर्ण हुने भएकाले स्थानीय बासिन्दा, सरोकारवाला, सञ्चारकर्मी लगायत सवैमा महाधिवेशन सफल बनाउन सहयोगको अपेक्षा गर्दछौँ ।

वि.सं.२०७५ फागुन १९ आइतवार ११:५० मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...