back
CTIZAN AD

वादी समुदायद्वारा सर्वोच्च अदालतको आदेशको स्वागत

वि.सं.२०७५ फागुन २१ मंगलवार

849 

shares

२१ फागुन, काठमाडौँ । ‘नथिया’ र ‘ऐलानी’ (उपन्यास) तथा ‘पण्डित बाजेको लौरी’ (चलचित्र) बारे सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेशको वादी समुदायले स्वागत गरेको छ ।

राष्ट्रिय वादी परिषद्ले यहाँ आज पत्रकार सम्मेलन गरी गत भदौ १८ गते वादी समुदायका अगुवाले संयुक्त रुपमा दायर गरेको मुद्दाबारे अदालतले यही फागुन १५ गते विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित लेखक र निर्देशकका नाममा निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ ।

ती उपन्यास र चलचित्रले वादी समुदायको अस्मिता र आत्मसम्मानमा असर पर्न गएको र मानवाधिकारको घोर उल्लङ्घन भएको ठहर गर्दै वादी समुदायका अगुवा केशव वादी, निर्मल वादी, गोपाल नेपाली वादीलगायतले संयुक्त रुपमा मुद्दा दर्ता गरेका थिए ।

पत्रकार सम्मेलनमा वादी अधिकारकर्मी केशव वादीले उपन्यासमा सर्वोच्च अदालतले नै प्रयोग नगर्नू भनेको वादी, भाड, पातर, वदेनीजस्तो वादी समुदायलाई होच्याउने शब्द प्रयोग भएका कारण पनि न्यायका लागि अदालत जानुपरेको प्रष्ट पारे ।

अधिकारकर्मी गोपाल वादीले चलचित्रमा ‘यौन पेशा वादी समुदायको प्रथा हो’ भनिएको छ जुन सरासर गलत छ भने । “यस आदेशले वादी समुदायको आत्मसमान कायम भएको र भविष्यमा त्यस्ता किसिमका जातीय विभेद, लाञ्छानालाई निषेध गरेको छ, मानव अधिकारको प्रत्याभूति हुनेगरी अदातलबाट भएको आदेशलाई सम्पूर्ण वादी समुदाय हार्दिक स्वागत गर्दै सर्वोच्च अदालतप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ”, परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लेखिका सरस्वती प्रतीक्षाद्वारा लिखित ‘नथिया’, थमनकुमार भण्डारीद्वारा निर्माण तथा दीपक वलीद्वारा निर्देशन गरिएको ‘पण्डित बाजेको लौरी’ र विवेक ओझाद्वारा लिखित र ‘ऐलानी’ लाई सम्पूर्ण वादी समुदायले संशोधन तथा सम्पादन गर्नुपर्ने माग गर्दे बहिष्कार गर्दै आएका छन् ।

वि.सं.२०७५ फागुन २१ मंगलवार १६:२० मा प्रकाशित

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...