back
CTIZAN AD

जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाईते

वि.सं.२०७५ फागुन २१ मंगलवार

621 

shares

२१ फागुन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

तनहुँ बन्दीपुर गाउँपालिका–३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नं को जीप पृथ्वीराजमार्गबाट अन्दाजी ३० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ६० वर्षीया बेलीसरा थापा, ३५ वर्षीया मीरा थापा, ३५ वर्षीया लक्ष्मी पन्त, ५३ वर्षीय दलबहादुर सुनारी मगर, ६२ वर्षीय ओमबहादुर थापा, ५९ वर्षीया देवीमाया थापा, १८ वर्षीया खुममाया थापा, ३६ वर्षीय घनश्याम थापा, ३१ वर्षीया सावित्री थापा, ३२ वर्षीय कुमार बस्याल र ६५ वर्षीय होमबहादुर थापा घाइते भएका छन् ।

घाइतेको सबैको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ । जिपको अगाडिको टायर पड्किएर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ फागुन २१ मंगलवार १६:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...