back
CTIZAN AD

टार्गेट पाथीभरा तिर्थालु, पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट

वि.सं.२०७५ फागुन २६ आइतवार

681 

shares

२६ फागुन, भद्रपुर ।  झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए ।

पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पु¥याउने रिसोर्टको लक्ष्य भएको कटुवाल बताए ।

झापाको विर्तामोड र काँकडभिट्टाबाट गाडीमा आधा घण्टामा पुगिने रिसोर्ट क्षेत्रमा बाह्रैमास राम्रो मौसम हुने विशेषता छ । “झापामा उधुम गर्मी हुँदा यहाँ चिसो भइरहेको हुन्छ, अन्य पहाडी क्षेत्रमा सहन नसकिने चिसो भइरहेको बेला यहाँ न्यानो हुन्छ”, झापा ट्राभल्स सङ्घका अध्यक्ष नेत्र कार्की यस क्षेत्रको विशेषता बताउँदै भन्छन्, “इलाममा यस्तै सुविधासम्पन्न रिसोर्टको खाँचो थियो, बल्ल पूरा भएको छ ।”

छपन्न रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर पर्यटन उद्यमी कटुलालले एकल लगानीमा रिसोर्ट निर्माण गर्नुभएको हो । नेपालमा पर्यटक आगमन बढिरहेको बेला ठूलो लगानीमा खुलेको यो रिसोर्टले आन्तरिक पर्यटकसहित भारतको पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको पूर्वी नाकामा क्रियाशील पर्यटन व्यवसायी शङ्कर भट्टराई बताए ।

वि.सं.२०७५ फागुन २६ आइतवार ०९:४५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...