back
CTIZAN AD

तरकारी विक्रि नभएपछि गाईभैसीलाई खुवाउन बाध्य भए रोल्पाका किसान

वि.सं.२०७५ फागुन २६ आइतवार

591 

shares

२६ फगुन, रोल्पा । व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।

जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् ।

बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरुलाई सताएको छ । अघिल्लो वर्ष तरकारीबाट रु पाँच लाख आम्दानी गरेको थिए, यसवर्ष त लगानी पनि नउठ्ने भयो कृषक पुष्पा घर्तीकोे दुखेसो थियो । अघिल्ला वर्ष बजारमा यस्तो समस्या देखिएको थिएन उनले भनिन् ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यसवर्ष भने डोकोमा तरकारी बोकेर गाउँ÷गाउँ डुलाउँदा पनि बिक्री नभएको गुनासो गरिन् । यसवर्ष त लगानी पनि नउठ्ने भयो उनले भनिन् ।

रुण्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी बिक्री नभएपछि गाईभँैसीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताए । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अङ्गालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका छन् मगरले भने । विचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्षीराम थापाको भनाइ थियो । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका उनले भने ।

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य प्रतिकिलो रू ३० देखि ७० सम्म छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफलको अवस्था आएको छ । सदरमुकाम लिवाङ र जिल्लाको दोस्रो ठूलो बजार केन्द्र सुलिचौरका बासिन्दाले भने जिल्ला बाहिरबाट आउने तकारी उपभोग गर्दछन् ।

यस क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यसवर्षको बजार मूल्यका कारण धेरै किसान निराश भएका उल्लेख गर्दै स्थानीय रुद्र मगरले भने, “लाखौंको तरकारी खेर जाँदासमेत स्थानीय सरकारलगायत कुनै निकायले सहयोग गरेनन् ।”

वि.सं.२०७५ फागुन २६ आइतवार १६:४५ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...