back
CTIZAN AD

महाशिलाले माग्यो गाउँपालिकाभरी रहेका बाँझो जग्गा

वि.सं.२०७५ फागुन २६ आइतवार

843 

shares

२६ फागुन, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिका भरी बाँझो रहेको जग्गाको विवरण दिन माग गरेको छ । गाउँपालिकाले गाउँपालिका भरी रहेका बाँझो जमिनमा कृषि वा अन्य व्यवसायीक उद्योग सञ्चालनका लागि गाउँपालिका आफै वा इच्छुक विभिन्न सरकारी, सामुदायिक वा निजी क्षेत्रलाई सर्सत उपलब्ध गराउन जग्गा धनीलाई अनुरोध गरेको हो ।

गाउँपालिकाले आइतबार (२६ फागुन) मा गरेको गाउँसभाको महाशिला गाउँपालिकाभित्रको बाँझो जमिन उपयोग गर्ने दिने बारे गरेको निर्णय अनुसार गाउँपालिकाभरी रहेका बाँझो जग्गा निःशुल्क वा शशुल्क भए बार्षिक कति लिने भनेर खुलाएर निवेदन दिन जग्गा धनीलाई आग्रह गरेको छ ।

यसका लागि जग्गा दाताको निवेदन र लालपूर्जा चैत मसान्त सम्म सम्बन्धीत वडामा सबै कागजात सहित उपस्थित हुन पनि अनुरोध गरेको छ ।
गाउँपालिकामा बाँझो जमिन छोड्न पाइदैन भनेर नीति पारित गरिसकेको गाउँपालिकाले यसपटक निवेदन दिन आव्हान गरेको हो ।


‘गाउँपालिकामा बाँझो जमिन छोड्न पाइदैन, छोडेको पाइएमा ट्याक्स डबल तिनुपर्ने भनेर पहिले भनिसकेका छौं,’ गाउँपालिका अध्यक्ष राजु पौडेलले संसारन्युजसँग भने, ‘कि आफैले गर्नुपर्यो कि गाउँपालिकालाई दिनुपर्यो ।’

अध्यक्ष पौडेलका अनुसार उक्त बाँझो रहेका जमिनमा गाउँपालिकाले महाशिला विकास कार्यक्रमका स्वयमसेवम परिचालन गरेर उत्पादनमा लगाउने वा नीजि क्षेत्रले माग गरेमा दिने पनि बताएका छन् । उनका अनुसार बाँझो रहेको जमिनमा पहिलो प्राथमिकता कृषि उत्पादननै रहेको छ ।

ससुरालीबाट दाइजो नलिने युवालाई गाउँपालिकाले दाइजो दिने

वि.सं.२०७५ फागुन २६ आइतवार १७:२० मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...