back
CTIZAN AD

पर्यटन गुरुयोजनाका लागि एकजुट

वि.सं.२०७५ फागुन २७ सोमवार

648 

shares

२७ फागुन, बलेवा । पर्यटन गुरुयोजनाका लागि जिल्लाका सरोकारवाला एकजुट भएका छन् । बागलुङ पर्यटन विकास समितिको आयोजनामा आइतबार भएको भेलामा सबै स्थानीय तह, जनप्रतिनिधि, सांसद, व्यवसायी र बुद्धिजीवी एकजुट भएका हुन् ।

सबै स्थानीय तहले बनाएको पर्यटन कार्यक्रम तथा योजना, र सम्भाव्यता, सङ्घ, प्रदेश र स्थानीय सरकारको बजेटबाट गर्न सकिने कामलाई एकीकृत गरेर गुरुयोजना बनाउन एकजुट भएको समितिका अध्यक्ष राजु खड्काले बताए । जिल्लास्तरीय पर्यटन गुरुयोजना निर्माणका लागि यहाँका १० गन्तव्य छनोट भएका छन् । सङ्घ र प्रदेश सरकारले घोषणा गरेका मुख्य पर्यटकीय क्षेत्र जोडेर गुरुयोजनाको काम गरिने बताइएको छ ।
ती क्षेत्रमा लगानी, पूर्वाधार र पहुँच विस्तार गर्ने गरी कार्यक्रम बनाउन गण्डकी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री विकास लम्सालले आग्रह गेरेका छन् ।

गुरुयोजनाले दीर्घकालीन सोचसहित सबै क्षेत्र समावेश गर्न लागेको खड्काले बताए । दशवटै तह, जिल्ला समन्वय समिति र गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसदसमेतले ती स्थानको प्राथमिकीकरण गराएका छन् ।

सबै क्षेत्रलाई पदमार्ग, सडकमार्ग र शिक्षा तथा स्वास्थ्यको पहुँचबाट जोड्ने योजना बनाइएको खड्काले दाबी गरे । “पदमार्ग सूचीकृतका लागि सरकार र पर्यटन बोर्डमा पुग्छौँ”, खड्काले बताए, “त्यसअघि स्थानीय लगानीको मापदण्ड, प्रदेश र सङ्घीय सरकारबाट पाउन सकिने आर्थिक र प्राविधिक सहयोगको मूल्याङ्कन भइरहेको छ ।” मन्त्री लम्सालले उचित योजना बनाउने जिम्मा स्थानीय तह र जिल्लामा छाडिएको बताए । सहमतिमा बनेर आएका योजनामा प्रदेश सरकार लगानी गर्न तयार रहेका बताइएको छ ।

सक्दो सहयोग गरेर बागलुङमा पर्यटन विकास गर्न सरकार आतुर रहेको लम्सालको भनाइ थियो । सन् २०१९ लाई गण्डकीले आन्तरिक भ्रमण वर्ष घोषणा गरिसकेकाले यो वर्ष जिल्लाले पनि कार्यक्रम बनाउनुपर्ने सुझाव आएको छ । गण्डकी प्रदेशले आगामी सन् २०२२ मा यो प्रदेशमा २० लाख पर्यटक भित्र्याउन पहल गरिरहेको छ ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, दशवटै तहका प्रमुख, विशेषज्ञको रुपमा डा प्रेम शर्मा र डा सुदर्शन सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लाभित्रका पर्यटकीय क्षेत्र मात्र नभई धर्म, संस्कृति, गीत, नृत्यसमेत पर्यटन प्रवद्र्धनको आधार भएको उनिहरुले कार्यपत्रमा समावेश गरेका थिए ।

वि.सं.२०७५ फागुन २७ सोमवार १३:४० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...