२७ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लवलाई आफूजस्तो बन्न नखोज्न आग्रह गरेका छन् ।
सोमबार पोखरा विमानस्थलमा पत्रकारहरुसँगको गरिएको कुराकानीमा प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड जस्तै बन्छु भनेर विप्लवले सोच्नु मनोगत मात्र हुने बताएका थिए ।
अध्यक्ष प्रचण्डले भने, ‘२५ वर्ष पहिले गरेको कुरालाई नक्कल गर्न खोजेकोले पहिलेको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल भइसकेकोले यतिबेला प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड जस्तै बन्छु भनेर सोच्नु मनोगत मात्र हुन्छ ।’
अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने अवसरलाई सदुपयोग गर्ने सोच्नतिर लाग्न विप्लवका लागि उपर्युक्त हुने बताउँदै नक्कल गरेको कुरो पार नलाग्ने समेत बताए ।
उनले पछिल्लोपटक विप्लव समुहबाट भएका विभिन्न गतिबिधिमा राज्य चुप लागेर बस्ने स्थिति नरहेको बताउँदै त्यस्ता गतिबिधि उनीहरुका लागि र देशको लागि नै राम्रो कुरा नभएको बताएका थिए ।
वि.सं.२०७५ फागुन २७ सोमवार १३:३० मा प्रकाशित






























