२७ फागुन, काठमाडौं । वाईसियल नेपालको आयोजनामा अयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान गरिने भएको छ ।
वाईसीयल नेपालले देशभर जिल्ला तथा भौगौलिक अनुकुलता अनुसार संयुक्त रूपमा जिल्लाका शहीद परिवारलाई सम्मान गरिरहेको छ ।
७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने तालिका अनुसार वाईसीयलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखा धनगढी पुगिसकेका छन् ।
अध्यक्ष दीपशिखाका अनुसार शुक्रवार पेरसडांडामा हुने कार्यक्रममा काठमाडौ, ललितपुर र भक्तपुरको संयुक्त हुनेछ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले अभिनन्दन गर्नेछन् ।
सापकोटाका अनुसार युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको छ ।
महासचिव सुबोध शेर्पालीका अनुसार जिल्लामा प्रतिनीधिमुलक कार्यक्रम भएपनि बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल शहिद परिवारको घरघरमा पुग्नेछ । कार्यक्रमका लागी संगठनका नेताहरू देशदौडाहामा रहेको बताइएको छ ।
वि.सं.२०७५ फागुन २७ सोमवार १६:३४ मा प्रकाशित






























