
२७ फागुन, काठमाडौं । मकाउदेखि काठमाडौं ट्रान्जिट हवाइ सेवा नहुँदा मकाउमा कार्यरत नेपालीहरु समस्यामा परेको भन्दै अन्तराष्ट्रिय नेपाली समाज मकाउले सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष प्रजुन कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मकाउबाट काठमाडौं सिधा उडान नभएको र ट्रान्जिट उडान पनि बन्द हुँदा मकाउमा कार्यरत नेपालीले सास्ति भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘मकाउदेखी काठमाडौ ट्रान्जिट हवाई उडान नहुँदा मकाउमा कार्यरत नेपालीहरुले निकै सास्ती खेपिरहेका छन । मकाउबाट काठमाडौ सिधा उडान छैन । मकाउमा कामगर्ने नेपालीहरू नेपाल जानको लागी हंङकङले ट्रान्जिट भिसा समयमा नगरी दिने र एयर एसियाले पनि ट्रान्जिट फ्लाईट रद्द गरिदिनु दोस्रो देशमा ट्रान्जिट भएर जाँदा गैरआबासीय मकाउबासी नेपाली दाजुभाइ दिदी बहिनीहरूले निकै तनाव ब्यहोर्नु परेको सर्ब बिदितै छ ।’ अधिकारीद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञिप्तमा भनिएको छ
‘मकाउदेखी काठमाडौ ट्रान्जिट हवाई उडान नहुँदा मकाउमा कार्यरत नेपालीहरुले निकै सास्ती खेपिरहेका छन । मकाउबाट काठमाडौ सिधा उडान छैन । मकाउमा कामगर्ने नेपालीहरू नेपाल जानको लागी हंङकङले ट्रान्जिट भिसा समयमा नगरी दिने र एयर एसियाले पनि ट्रान्जिट फ्लाईट रद्द गरिदिनु दोस्रो देशमा ट्रान्जिट भएर जाँदा गैरआबासीय मकाउबासी नेपाली दाजुभाइ दिदी बहिनीहरूले निकै तनाव ब्यहोर्नु परेको सर्ब बिदितै छ । नेपाल सरकारको कुटनैतिक नियोग नेपाली दूतावास हंगकगं, गैर आबासिय नेपाली संघ मकाउ, मकाउमा स्थापित विभिन्न राजनैतिक पार्टीका भातृ संघ÷संगठनहरु, विभिन्न सामाजिक संघसंस्थाहरु लगायत मकाउमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यो समस्यामा परिरहनु भएको ऐना जस्तै छर्लङ्ग छ । सन् २००६ भन्दा पहिले मकाउदेखि हंङकङ, गएर नेपाल एयरलाईन्स, ड्रागन एयरलाईन्सबाट सिधा उडान गर्ने थियोे तर २००६ साल जुन पछि । हंङकङंले ट्रान्जिट भिसा लागु गर्नुको साथै भिसा पनी बिभिन्न कारणबाट समयमा नगरी दिदा नेपाली हरू थप पिडा खप्दै आएको छ । मकाउदेखी मलेसिया ट्रान्जिट फलाईटले आपतकालिन तथा भवितब्यमा केही राहत दिदै आएको थियो । त्यो पनी आर्थिक मन्दीको वा प्राबिधिक कारणले उडान स्थगित भएपछि अहिलेसम्म पनि कुनै पनि एयरलाइन्सले नेपाल उडान भरेका छैनन् । गैरआबासिय नेपालीले दोस्रो देशहरूमा ट्रान्जिट भएर जाँदा नेपालीहरूले निकै सास्तीको सामना ब्यहोर्नु परेको छ ।
मकाउदेखि दोस्रो देश भएर जाँदा नेपालीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यबहार गरिन्छ । ट्रान्जिट न्यूनतम १४ घन्टादेखि १८–२० घन्टासम्म ट्रान्जिट बस्न परेको छ । जब एउटा देशको सेक्युरिटी चेक गरिसकेपछि अर्को देशको ट्रान्जिटमा उहीँ सुरक्षा जांच अर्को देशमा हुने गरेको छ । डियुटी फ्रिमा किनेको सामानलाई विशेष गरेर अर्को देशमा ट्रान्जिट हुँदा फेरि चेक गरेर निकै सास्ती दिने गरेको घटना थुप्रै छन् । कुनै कुनै एयरलाइन्सबाट नेपाल एयरपोर्टमा लगेज २–३ दिनसम्म जादैन, फेरि अर्को तनाब थपिन्छ । सिधा उडान नहुँदा बहुमुल्य समानहरु हराउने सम्भावना त्यस्तै रहन्छ । घर बिदामा हिंडेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पसिना बगाएर बल्ल बल्ल पाएको बिदा ट्रान्जिटमै पर्दा धेरै दिन खेर जाने गरेको तितो यथार्थता छ । आखिर मकाउमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यो सास्ती कहिलेसम्म भोग्नु पर्ने ? सम्बन्धित निकायले यो बिषयमा केहि कदम चाल्नुपर्ने आवस्यकता झनै बढ्दै गएको छ ।
मकाउदेखि नेपाल कम्तिमा पनि हप्तामा १–२ ट्रान्जिट उडान भएपनि केही मात्रामा समस्याको निराकरण हुने देखिन्छ । मकाउमा स्थापित गैरआवासीय नेपाली संगठन, राजनैतिक भातृसंगठन नेपाली सबै सामाजिक संघ सस्थाहरु, ब्यबसायीहरु, बुद्धिजीवीहरू पत्रकार मित्रहरू, हामी सबै हाम्रो आफ्नै समस्यामा हातेमालो गरेर सम्बन्धित निकायलाई समस्या समाधानको लागि पहल गर्न जरुरी छ । यो बिषयमा नेपाल सरकारको कुटनैतिक नियोग नेपाली दूतावास हङकङले मकाउ सरकारको सम्बन्धित निकायसँग गम्भीर भएर सोच्ने हो भने मकाउमा कार्यरत ५ हजार भन्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले दुःखमा केही राहत महसुस हुने थियो । भन्दै यसको लागी अबिलम्ब पहल गर्न हार्दिक सम्बन्धीत निकायमा अपिल गर्दछु ।’
धन्यबाद
संयोजक
प्रजुन कुमार अधिकारी
अ ने स मकाउ
वि.सं.२०७५ फागुन २७ सोमवार १६:५४ मा प्रकाशित






























