back
CTIZAN AD

फुजैराहमा समुन्द्रको छेउमा दिपावलीको शुभकामना आदानप्रदान

वि.सं.२०७३ कात्तिक २० शनिवार

777 

shares

fujeroma-dipawali

यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराह स्थित समुन्द्री किनारा अंब्रेला बिचको छेउमा सिल्भर स्पून
क्याफ्टेरीयाले आयोजना गरेको “दिपावलीको शुभकामना आदानप्रदान तथा रात्री बनभोज कार्यक्रम” भब्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार प्राय सबैको छुट्टी हुने भएकाले बिहीवार साँझ सिल्भर स्पून क्याफ्टेरीयाले आयोजना गरेको सो कार्यक्रममा समाजसेवी, बुद्दीजीबी,
कलाकार, ब्याबसायी, पत्रकार तथा यूएईबासी नेपालीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
सिल्भर स्पून क्याफ्टेरीया कि संचालिका दिपा पाण्डेको अध्यक्षतामा तथा एनआरएनए फुजैराह क्षेत्रीय समितीका अध्यक्ष कृष्ण गिरीको
प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य अथितिहरुमा डि एल शर्मा, शर्मिला थपलिया, देउडा गायक मान बहादुर के।सी। ‘मुस्कान’, कमला भण्डारी, बिमल विश्वकर्मा, ईन्द्र धर्तीमगर, ॐ कुमारी खाण, सुजन सापकोटा, शिव क्षेत्री, राज न्यौपाने, हरी ढकाल, दिपक रोका, झबिन्द्र बस्याल उपस्थित रहनु भएको थियो ।
रात्रीको समय शान्त बातावरण र समुन्द्रमा उठेका लहरका मनमोहक दृष्यहरु देखेर उपस्थितहरु आ(आफ्नो तालमा मस्त देखिन्थे, कोहि समुन्द्रमा उठेका छालहरु हेरेर मदहोस थिए, कोहि देउसी भैलोका गीतहरु गाएर गोलबन्द भई रमाइलो गर्दै थिए, कोहि मादल बजाउदै थिए, कोहि ताली पिट्दै थिए, कोहि सिटि बजाउदै थिए भने कोहि नेपालीगीतहरु बजाएर बिचमा कम्मर भाचेर छमछमी नाच्दै एक
अर्कालाई नचाउदै थिए, प्रबाशमा कामको ब्यस्तता र नोवेम्बर महिनाको हल्का चिसोमा पनि कार्यक्रमको माहोल देखेर लाग्थ्यो त्यहा चिसो जस्तो केहि महशुश नै  भएको थिएन ।
आफ्नो जन्म भुमी छोडेर प्रबाशमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरु बिच आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्नु तथा नाच्दै, गाउदै, रमाउदै, एकसाथ बसेर सुख दुस्ख साटासाट गर्ने उद्देश्यका साथै आफ्नै गाउमा नै तिहार मनाएको अनुभुती गराउनुको लागि सो कार्यक्रम आयोजना गरिएको सिल्भर स्पून क्याफ्टेरीया कि संचालिका दिपा पाण्डेले हामीलाई जानकारी दिदै कार्यक्रम सफल पार्न सहयोग गर्ने टीमलाई धन्यवाद दिदै कामका ब्यस्तताका कारण आफ्नो समय निकालेर कार्यक्रमको गरिमा बढाउनु उपस्थित सबैलाई आभार प्रकट गर्नु भएको थियो ।
उपस्थित सम्पूर्ण प्रबासमा भए पनि दिपावलीको अवसर पारेर यसरी भेटघाट गरी सुख दुस्ख साटासाट गर्दै नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए ।
साँझको ठीक ९ बजे शुरु भएको सो कार्यक्रम बिहान लगभग ४ बजे तिर समापन भएको सो कार्यक्रमको संचालन शेर सुनुवारले गर्नु भएको थियो ।

वि.सं.२०७३ कात्तिक २० शनिवार ०८:५७ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...