Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

फुजैराहमा समुन्द्रको छेउमा दिपावलीको शुभकामना आदानप्रदान



fujeroma-dipawali

यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराह स्थित समुन्द्री किनारा अंब्रेला बिचको छेउमा सिल्भर स्पून
क्याफ्टेरीयाले आयोजना गरेको “दिपावलीको शुभकामना आदानप्रदान तथा रात्री बनभोज कार्यक्रम” भब्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार प्राय सबैको छुट्टी हुने भएकाले बिहीवार साँझ सिल्भर स्पून क्याफ्टेरीयाले आयोजना गरेको सो कार्यक्रममा समाजसेवी, बुद्दीजीबी,
कलाकार, ब्याबसायी, पत्रकार तथा यूएईबासी नेपालीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
सिल्भर स्पून क्याफ्टेरीया कि संचालिका दिपा पाण्डेको अध्यक्षतामा तथा एनआरएनए फुजैराह क्षेत्रीय समितीका अध्यक्ष कृष्ण गिरीको
प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य अथितिहरुमा डि एल शर्मा, शर्मिला थपलिया, देउडा गायक मान बहादुर के।सी। ‘मुस्कान’, कमला भण्डारी, बिमल विश्वकर्मा, ईन्द्र धर्तीमगर, ॐ कुमारी खाण, सुजन सापकोटा, शिव क्षेत्री, राज न्यौपाने, हरी ढकाल, दिपक रोका, झबिन्द्र बस्याल उपस्थित रहनु भएको थियो ।
रात्रीको समय शान्त बातावरण र समुन्द्रमा उठेका लहरका मनमोहक दृष्यहरु देखेर उपस्थितहरु आ(आफ्नो तालमा मस्त देखिन्थे, कोहि समुन्द्रमा उठेका छालहरु हेरेर मदहोस थिए, कोहि देउसी भैलोका गीतहरु गाएर गोलबन्द भई रमाइलो गर्दै थिए, कोहि मादल बजाउदै थिए, कोहि ताली पिट्दै थिए, कोहि सिटि बजाउदै थिए भने कोहि नेपालीगीतहरु बजाएर बिचमा कम्मर भाचेर छमछमी नाच्दै एक
अर्कालाई नचाउदै थिए, प्रबाशमा कामको ब्यस्तता र नोवेम्बर महिनाको हल्का चिसोमा पनि कार्यक्रमको माहोल देखेर लाग्थ्यो त्यहा चिसो जस्तो केहि महशुश नै  भएको थिएन ।
आफ्नो जन्म भुमी छोडेर प्रबाशमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरु बिच आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्नु तथा नाच्दै, गाउदै, रमाउदै, एकसाथ बसेर सुख दुस्ख साटासाट गर्ने उद्देश्यका साथै आफ्नै गाउमा नै तिहार मनाएको अनुभुती गराउनुको लागि सो कार्यक्रम आयोजना गरिएको सिल्भर स्पून क्याफ्टेरीया कि संचालिका दिपा पाण्डेले हामीलाई जानकारी दिदै कार्यक्रम सफल पार्न सहयोग गर्ने टीमलाई धन्यवाद दिदै कामका ब्यस्तताका कारण आफ्नो समय निकालेर कार्यक्रमको गरिमा बढाउनु उपस्थित सबैलाई आभार प्रकट गर्नु भएको थियो ।
उपस्थित सम्पूर्ण प्रबासमा भए पनि दिपावलीको अवसर पारेर यसरी भेटघाट गरी सुख दुस्ख साटासाट गर्दै नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए ।
साँझको ठीक ९ बजे शुरु भएको सो कार्यक्रम बिहान लगभग ४ बजे तिर समापन भएको सो कार्यक्रमको संचालन शेर सुनुवारले गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले