back
CTIZAN AD

हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव रोकेकामा भारतको असन्तुष्टी

वि.सं.२०७५ फागुन ३० बिहीवार

633 

shares

३० फागुन, नयाँदिल्ली ।  भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ ।

यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो । यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो ।

उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो ।

काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो ।

चीनले बुधबार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरिदिएको थियो । मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो ।

पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहर माथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो । चीनको उक्त अनुरोधसँगै प्रस्ताव करिब नौ महिना पछि धकेलिएको छ ।

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ । मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतङ्कवादी नेतालाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपायहरु खुलै राख्ने पनि स्पष्ट गरेको छ ।

चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीनवटा प्रयत्नलाई अबरुद्ध गरिसकेको छ । जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतङ्कवादी सूचीमा राखिएको छ ।

चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अरु सञ्चारमाध्यमले तिखो व्यङ्ग्य गरेका छन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार १७:२८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...