back
CTIZAN AD

टिक-टक भिडियो बनाउनुहोस्, २ लाख पुरस्कार जित्नुहोस

वि.सं.२०७५ फागुन ३० बिहीवार

690 

shares

काठमाडौं । पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ ।

नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन् ।

यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए । जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ । ‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुःखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने युट्युबमै उल्लेख छ ।

वि.सं.२०७५ फागुन ३० बिहीवार १७:५७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...