back
CTIZAN AD

संविधान कार्यान्वयनको दिशामा अघि बढ्न प्रेरणा मिलोस् :राष्ट्रपति

वि.सं.२०७३ कात्तिक २१ आइतवार

888 

shares

bidhya-devi-bhandari

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पु¥याएका छन्,” सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको मौलिक पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले यो पावन पर्वको माध्यमबाट नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

छठको पावन अवसरले संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको नेपाली जनताको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले गर्नुभएको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

यसै अवसरमा दिनुभएको शुभकामना सन्देशमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।

सन्देशमा सभापति देउवाले “हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्, यी चाड–पर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्,” भन्नुभएको छ ।

मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलब्धिलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं भन्दै उहाँले संविधानको कार्यान्वयनका लागि सबै आ–आफ्नो क्षेत्रबाट इमान्दार रहनु पर्नेमा जोड दिनुभएको छ ।

सभापति देउवाले छठ जस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी वहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

छठ पर्वका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समस्त देशबासी दाजुभाइ दिदीबहिनीमा एकता र आत्मीयताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले छठले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटोमा बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:२१ मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...