Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान संशोधनको नाममा मुलुकमा खतरनाक खेल भइरहेको छ– सचिव ज्ञवाली



२१ कात्तिक, बुटवल । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो ।

नेता ज्ञवालीले भन्नुभयो, “अङ्गिकृत नागरिक पनि राष्ट्रप्रमुख हुन पाउनुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने र प्रदेश नम्बर ५ का पहाडी जिल्ला, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई अलग्याउन माग राखेर संविधान संशोधनका कुरा उठेको छ, यो कदापि स्वीकार्य छैन ।”

सरकारले आउँदो माघसम्म तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै सङ्कटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।