back
CTIZAN AD

संविधान संशोधनको नाममा मुलुकमा खतरनाक खेल भइरहेको छ– सचिव ज्ञवाली

वि.सं.२०७३ कात्तिक २१ आइतवार

942 

shares

२१ कात्तिक, बुटवल । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो ।

नेता ज्ञवालीले भन्नुभयो, “अङ्गिकृत नागरिक पनि राष्ट्रप्रमुख हुन पाउनुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने र प्रदेश नम्बर ५ का पहाडी जिल्ला, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई अलग्याउन माग राखेर संविधान संशोधनका कुरा उठेको छ, यो कदापि स्वीकार्य छैन ।”

सरकारले आउँदो माघसम्म तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै सङ्कटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:२७ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...