back

अन्तर्राष्ट्रिय ‘याक अट्याक’ साइकल दौड सुरु

वि.सं.२०७३ कात्तिक २१ आइतवार

858 

shares

२१ कात्तिक, लमजुङ (बेँसीसहर) । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौड प्रतियोगिताको दसौँ संस्करण शनिबार यहाँ सुरु भएको छ ।

बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीअन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१६’ साइकल दौड प्रतियोगिता आजबाट बेसिसहरबाट सुरु भएको हो ।

समुन्द्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता सुरु भएको हो । १२ दिनसम्म हुने प्रतियोगितामा बीचमा दुई दिन आराम गरिनेछ ।

प्रतियोगितामा नेपालसहित १४ देशका प्रतियोगी सहभागी छन् । प्रतियोगितामा अमेरिका, बेलायत, सिङ्गापुर, जापान, हङ्गेरी, फ्रान्स, अस्ट्रेलिया, अस्ट्रिया, न्युजिल्याण्ड, पोर्चुगल, मलेसिया, क्यानाडा र डेनमार्कका गरी ३९ जना प्रतियोगी सहभागी रहेका छन् ।

अघिल्ला वर्षहरूमा आयोजना गरीएका प्रतियोगितामा नेपाली युवा अजय पण्डित पाँच पटकसम्म लगातार विजेता बनेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले एक हजार २५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले ७५० डलर र तेस्रोले ५०० डलर पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो दिन जिल्लाभित्रै ३२ किलोमिटर दुरीमा प्रतियोगिता गराइएको छ । सदरमुकाम बेँसीसहरबाट सुरु भएर चण्डीडाँडा, बाग्लुङपानी, घलेगाउँ फेदी हुँदै भलाम, सिम्पानी, खुदी भएर बेसीसहर आएर टुङ्गिएको छ ।

आइतबार भने प्रतियोगीहरू मनाङको सदरमुकाम चामे पुग्नेछन् । १० दिनको प्रतियोगितामा सबैभन्दा कम समयमा पुरै दौड जित्नेले मात्रै उपाधि हात पार्नेछन् ।

प्रतियोगिताको लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको माउन्टेन बाइकिङ वल्र्ड वाइडका निर्देशक फिल इभान्सले बताउनुभयो ।

प्रतियोगिताबाट नेपालको पर्यटन प्रर्वद्धनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:२८ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...