back
CTIZAN AD

विद्यार्थी खोज्दै गाउँ गाउँमा प्रहरी

वि.सं.२०७५ चैत २ शनिवार

768 

shares

२ चैत, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र ९ मा अध्ययन विद्यार्थी र कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन थालेको छ ।

विद्यार्थीलाई जम्मा गरेलगत्तै जिल्लाका प्रहरी प्रमुख, इलाका, प्रहरीचौकीबाट खटिएका सुरक्षा प्रमुखले लागुऔषध प्रयोगले हुने सामाजिक विकृति, बालविवाहले पार्ने सामाजिक असर, साइबर क्राइम, सडक सुरक्षाजस्ता विषयबारे जानकारी दिने गरेको छ । समाजमा हुने विभिन्न अपराधजन्य गतिविधिमा कसरी सहजै सूचना प्रहरी समक्ष पु¥याउनेबारेमा पनि प्रहरीले विद्यार्थीसँग छलफल गर्ने गरेको छ ।

फागुन महीनाको अवधिभरी दैलेखका १३० विद्यालयमा अभियान सक्ने उद्देश्यले प्रहरीका विभिन्न युनिटमा रहेका प्रमुख अहिले गाउँ÷गाउँका विद्यालयमा पुगेर विद्यार्थीसँग जनता र प्रहरीको भूमिकाका बारेमा जानकारी गराइएको थियो । अहिलेसम्म १०० स्थानमा अभियान सकिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

समाजमा हुने विभिन्न हिंसा, लागुऔषध, बालअधिकार हनन् मानवअधिकार हनन् अपराध हुनसक्ने सम्भावित कारण, सामाजिक गतिविधि, प्रहरी र जनताको भूमिकाका बारेमा विद्यार्थीलाई जानकारी गराइएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । “म आफै पनि धेरै ठाउँमा पुगेको छु”, पोखरेलले भने, “समाजमा हुने सबैखाले अपराधको बारेमा विद्यार्थीलाई जानकारी गराएपछि अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

दैलेखमा लागुऔषध प्रयोगमा युवा विद्यार्थी धेरै प्रयोग भएको कुरालाई यो अभियानले प्रभावकारिता ल्याउने अभिभावक बताउछन् । दैलेखमा धेरै युवा चरणबद्ध रुपमा लागु औषधमा फस्दै गएकाले प्रहरीको यो अभियानले समाजमा हुने सबै खाले अपराध न्यूनीकरणसँगै मानवअधिकारको रक्षा हुने मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले जानकारी दिए ।

वि.सं.२०७५ चैत २ शनिवार ०९:०९ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...