Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

्डब्लुएफपीद्वारा दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजार नागरिकलाई खाद्यान्न सहयोग



२१ कात्तिक,जुवा (दक्षिण सुडान) । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानको चार महिना लामो हिंसामा फसेका येइ सहर र वरपरका क्षेत्रका करिब ५० हजार द्वन्द्व प्रभावित नागरिकलाई खाद्यान्न सहयोग गरेको छ ।

डब्लुएफपीद्वारा शनिबार सार्वजनिक गरेको एक विज्ञप्तिअनुसार उक्त हिंसाग्रस्त क्षेत्रलाई मध्यनगर गरी ३८ ट्रक (करिब ४०० टन) खाद्यान्न लिएर पठाइएको टोलीले उक्त सामग्री द्वन्द्व प्रभावित क्षेत्रमा पु¥याइएको हो ।

खाद्यान्न सामानमा चामल, दाल, गहुँ, र तेल साथै औषधी लगायतका आधारभूत सामग्री पठाइएको र यसले करिब एक महिनाका लागि खानेकुराको अभाव हुनबाट राहत प्रदान गर्नेछ ।

जुलाईमा दक्षिण सुडानको जुवामा दुई प्रतिस्पर्धी राजनीतिक समूहबीच भिडन्त भएपछि स्थानीय कृषक आफ्नो खेतबारीमा गई खेती गर्ने वा खाद्यान्न खरिद गर्न बजारसम्म पुग्नबाट वञ्चित बनेका छन् ।

दुई समूहबीच भएका भिडन्तपछि सुरक्षका लागि सशस्त्र समूहद्वारा बिछ्याइएका एम्बुस यत्रतत्र राखिएका कारण उनीहरू खाद्यान्न अभावकाबीच चार महिनादेखि आफ्नै बस्तीमा बस्न बाध्य पारिएका थिए । एएफपी


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा