back
CTIZAN AD

्डब्लुएफपीद्वारा दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजार नागरिकलाई खाद्यान्न सहयोग

वि.सं.२०७३ कात्तिक २१ आइतवार

843 

shares

२१ कात्तिक,जुवा (दक्षिण सुडान) । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानको चार महिना लामो हिंसामा फसेका येइ सहर र वरपरका क्षेत्रका करिब ५० हजार द्वन्द्व प्रभावित नागरिकलाई खाद्यान्न सहयोग गरेको छ ।

डब्लुएफपीद्वारा शनिबार सार्वजनिक गरेको एक विज्ञप्तिअनुसार उक्त हिंसाग्रस्त क्षेत्रलाई मध्यनगर गरी ३८ ट्रक (करिब ४०० टन) खाद्यान्न लिएर पठाइएको टोलीले उक्त सामग्री द्वन्द्व प्रभावित क्षेत्रमा पु¥याइएको हो ।

खाद्यान्न सामानमा चामल, दाल, गहुँ, र तेल साथै औषधी लगायतका आधारभूत सामग्री पठाइएको र यसले करिब एक महिनाका लागि खानेकुराको अभाव हुनबाट राहत प्रदान गर्नेछ ।

जुलाईमा दक्षिण सुडानको जुवामा दुई प्रतिस्पर्धी राजनीतिक समूहबीच भिडन्त भएपछि स्थानीय कृषक आफ्नो खेतबारीमा गई खेती गर्ने वा खाद्यान्न खरिद गर्न बजारसम्म पुग्नबाट वञ्चित बनेका छन् ।

दुई समूहबीच भएका भिडन्तपछि सुरक्षका लागि सशस्त्र समूहद्वारा बिछ्याइएका एम्बुस यत्रतत्र राखिएका कारण उनीहरू खाद्यान्न अभावकाबीच चार महिनादेखि आफ्नै बस्तीमा बस्न बाध्य पारिएका थिए । एएफपी

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:४७ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...