back
CTIZAN AD

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

वि.सं.२०७५ चैत ४ सोमवार

597 

shares

४ चैत, काठमाडौं । कपिलवस्तु, काभ्रे, सर्लाही, महोत्तरी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, शिबराज नगरपालिका-५ खैरी चोकस्थित सडकमा ना ६ प ७४२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ बस्ने १६ वर्षीया कमला बस्यालको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको संजिबनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

काभ्रे, मण्डन देउपुर नगरपालिका-९ नगरबन्द पार्टीस्थित भित्रि सडकमा पाँचखालबाट ढाडखर्कतर्फ जाँदै गरेको बा ५ ख ५७७१ नम्बरको टिपर आइतबार साँझ आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा गम्भीर घाइते भएका टिपर चालक सोही नगरपालिका-८ बस्ने २३ वर्षीय सुरेश राईको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सहचालक जाजरकोट घर भएका २४ वर्षीय बुद्धिबहादुर चन्दको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, हरिपुर नगरपालिका-७ चिताईनस्थित भित्रि सडकमा ना ४४ प ९४३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको कल्भर्टमा आइतबार दिउसो ठोक्किँदा गम्भीर घाइते भएका चालक लालबन्दी नगरपालिका -१ बस्ने ३५ वर्षीय राम एकवाल गुप्ताको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका -१ बस्ने २५ वर्षीय रामकुमार यादवको सोही अस्पतलामा उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

यसैगरी सर्लाही, हरिपुर नगरपालिका-८ जुटपानीस्थित सडकमा ना ४० प ३८२१ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रित भई बाटोको छेउँमा रहेको कलधाराको वालमा ठोक्किँदा गम्भीर घाइते भएका चालक हरिवन नगरपालिका-९ बस्ने ३४ वर्षीय अमर गोलेको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ ।

वि.सं.२०७५ चैत ४ सोमवार १४:४९ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...