
४ चैत, काठमाडौ । बिहान ११ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले ३ बजे सम्म पनि बस्न सकेको छैन । अनुशासन समिति गठनको विषयलाई लिएर पटक–पटक स्थगित भएको बैठक आज अवेर गरी बस्ने पार्टी नेताहरुले बताएका छन् ।
सर्वसहमती बाट निर्णय नगरे बैठक नै बहिष्कार गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शसाङ्क कोईरालाको चेतावनीका कारण बैठक बस्न नसकेको बताइएको छ ।
अहिले केन्द्रीय समिति बैठकको गाठो फुकाउन सभापति शेर बहादुर देउवा, वरीष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला र नेता कृष्ण प्रसाद सिटौलाले गोप्य बैठक गरीरहेको बताइएको छ ।
केन्द्रीय समितिको बैठक बस्ने टुंगो नभएपछि सांसद समेत रहेका केन्द्रीय सदस्यहरु अहिले संसद बैठकमा भागलीन संसद भवन बानेश्वर तर्फ लागेका छन् । अन्य केन्द्रीय सदस्यहरु बैठकको प्रतिक्षामा यताउती हल्लीरहेका छन् ।
चौधौँ महाधिवेशनको समय आउन ११ महिना पनि बाँकी नरहेको समयमा अनुशासन समितिको गठनलाई लिएर कांग्रेस भित्र किचलो रहेको छ ।
वि.सं.२०७५ चैत ४ सोमवार १५:०६ मा प्रकाशित






























