
४ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापामा रहेका १५ स्थानीय तहको नेतृत्व टुङ्गो लगाएको छ ।
जसमध्ये ९ वटा स्थानिय तहमा पूर्व एमालेले अध्यक्षको जिम्मेवारी पाएको छ भने ६ वटा स्थानिय तहमा पूर्व माओवादीले अध्यक्षको जिम्मेवारी पाएको छ ।

जिल्लामा रहेका स्थानीय तहहरुको समायोजनको लागि बसेको कार्यदलले यस्तो सहमति गरेको कार्यदल सदस्य समेत रहेका नेकपाका नेता चिन्तन पाठकले जानकारी दिएका छन् । सहमति अनुसार पूर्व एमालेले अध्यक्ष पाएको ठाउँमा पूर्व माओवादीले सचिब पाउने तथा पूर्व माओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्व एमालेले सचिब पाउने सहमति गरेको छ ।
वि.सं.२०७५ चैत ४ सोमवार १७:२० मा प्रकाशित






























