back
CTIZAN AD

जेट एयरवेजका पाइलटद्वारा हड्ताल गर्ने चेतावनी

वि.सं.२०७५ चैत ६ बुधवार

738 

shares

६ चैत, नयाँ दिल्ली (रासस /सिन्ह्वा) । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् ।

यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ ।

यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयौँ उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् ।

आगामी मार्च ३१ सम्म एयरलाइन्स व्यवस्थापनले कम्पनीको प्रगति, भविष्य, समाधानको विषयमा जानकारी गराएको खण्डमा मात्र आआफ्नो कार्य सुचारु गर्ने ‘नेसनल एभीएटर गिल्ड’का उपाध्यक्ष क्याप्टेन असिम भलिआनीलाई उद्धृत गर्दै समाचारदाताहरुले बताएका छन् ।

भारत सरकारले गत मङ्गलबार जेट एयरवेज व्यवस्थापनलाई थन्किएका विमानहरुको भविष्यको विषयमा आकस्मिक छलफलको लागि आह्वान गरेपछि परिस्थितिको यस प्रकार परिवर्तन आएको छ ।

भारतीय यस विमान कम्पनीका पाइलट एवं अरु कर्मचारीले केही महिनादेखि तलब समेत पाएका छैनन् ।

वि.सं.२०७५ चैत ६ बुधवार १९:३९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...