
नायिका सरिता लामिछानेले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
संघको यहि चैत २३ गते हुनगइरहेको १७ साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षका लागि उनले उम्मेदवारी दिएको सामाजिक संजाल फेसबुकमार्फत् घोषणा गरेकी हुन् ।
अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गर्दै लामिछानेले चलचित्रकर्मी, सहकर्मी, सहधर्मी साथीहरुलाई सहयोग साथ दिन पनि अनुरोध गरेकी छन् । हाल महासचिवको भूमिकामा रहेकी लामिछानेले मुक्ति, चेतनाको दियो, गहना, जानकी, सिता, चाहना मनको, परिचय लगायतका टिभि सिरियलमा मुख्य कलाकारको भूमिका निर्वाह गरेकी छन् ।
वि.सं.२०७५ चैत ७ बिहीवार १६:३३ मा प्रकाशित





























