back
CTIZAN AD

गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

वि.सं.२०७५ चैत ८ शुक्रवार

606 

shares

 

८ चैत हेटौँडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने बताउनुभएको छ । बिहिबारबाट हेटौँडामा शुरु भएको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति मकवानपुर गोल्डकपमा मुख्यमन्त्री पौडेलले हेटौँडाकै हुप्र चौरलाई पनि प्याराफिटसहितको फुटबल मैदानका रुपमा विकास गरिने बताए । प्रदेशको फुटबलको स्तर वृद्धि गर्न सरकार लागिपर्ने उनको धारणा थियो ।

मुख्यमन्त्रीले विगतमा मकवानपुर फुटबलले राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रस्तुति देखाउने गरेकामा अचेल त्यस्तो नदेखिएको बताउँदै मकवावपुर फुटबलले आफ्नो पुरानो साख फर्काउन लाग्नुपर्ने धारणा राखे । प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाले मकवानपुर गोल्डकपले नेपाली फुटबलको विकासमा योगदान दिने बताए ।

बिहिबारबाट हेटौँडामा शुरु भएको गोल्डकपमा विभिन्न राष्ट्रियस्तरका १० टोलीको सहभागिता रहनेछ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:३२ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...