back
CTIZAN AD

स्पष्ट पार्दै बोर्ड – पाँच लाख बढीको कारोवारमा मात्रै प्यान आवश्यक

वि.सं.२०७५ चैत ८ शुक्रवार

654 

shares

८ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर(प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ ।

स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार साना लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगरिएको र ऐच्छिकरुपमा मात्रै लागू गरिने भएकाले दुविधामा नपर्न बोर्डले आग्रह गरेको छ । रु पाँच लाखभन्दा बढीको कारोवारमा प्यान अनिवार्य भए पनि सोभन्दा तलको हकमा भने ऐच्छिक मात्रै रहेको छ । प्यानका विषयमा कुनै दुविधा राख्नु जरुरी नभएकाले बोर्डले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति नै रहेको स्पष्ट पारेको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:४६ मा प्रकाशित

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...