back
CTIZAN AD

माग सम्बोधन नभए आन्दोलनमा उत्रिने अध्यक्ष यादवको चेतावनी

वि.सं.२०७३ कात्तिक २२ सोमवार

912 

shares

Upendra-yadav

२२ कात्तिक, इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको माग सम्बोधन नभए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आइतबार आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्नुहुँदै अध्यक्ष यादवले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताउनुभयो । नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि मधेसका मुद्दा सम्बोधन हुनेमा आफूहरू विश्वस्त नरहेको बताउनुभयो ।

म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रम समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरीका अध्यक्ष मिथिलेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:१८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...