back
CTIZAN AD

दुर्घटनामा दुईको मृत्यु, ८ घाईते

वि.सं.२०७५ चैत ९ शनिवार

636 

shares

९ चैत, उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिएका छन् ।

सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने रमेश तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिकाका हरिप्रसाद नेम्वाङ, सुमो चालक दमक नगरपालिका–२ बस्ने कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने लक्ष्मण अधिकारी घाइते हुनुभएको छ । घाइते सबैलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ चैत ९ शनिवार १३:०५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...