back
CTIZAN AD

चितवनमा बर्डफ्लु छैन, विज्ञ भन्छन्–‘मासु ढुक्कसँग प्रयोग गर्नुस्’

वि.सं.२०७५ चैत ९ शनिवार

579 

shares

९ चैत, चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।

केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए । उनले भने, “छिमेकी जिल्लामा बर्डफ्लु छ, देशकै सबैभन्दा बढी उत्पादन हुने चितवन सुरक्षित छ ।” कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उनले बताए । जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको बताए ।

केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताए । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उनले बताए । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।

रोग भित्रिएमा ठूलो नोक्सान हुने भएकाले सकेसम्म भित्रन नदिन र देखिई हालेमा तत्काल केन्द्रलाई खबर गरी सो क्षेत्र घेराबन्दी गरी नष्ट गरेर क्षति कम गर्ने विषयमा कृषकसँग सहमति भएको श्रेष्ठले बताए । बारा, पर्वतलगायत केही जिल्लामा पोल्ट्रीजन्य उत्पादन ओसारपसारमा समस्या देखिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा हालसम्म रोग देखा नपरेको बताए । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने उनको भनाइ छ । अण्डा, मासु र चल्ला पु¥याएर फर्कने सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिन सकेमा रोगबाट जिल्ला वच्ने उनले बताए ।

नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुन्छ । हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याउँदै आएको छ । हालसम्म पोल्ट्री व्यवसायमा रु एक खर्ब लगानी भएको व्यवसायी बताउँछन् ।

वि.सं.२०७५ चैत ९ शनिवार १२:४४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...