back
CTIZAN AD

जानकी गाउँपालिकाको उदाहरणीय कार्य, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

वि.सं.२०७५ चैत ९ शनिवार

771 

shares

९ चैत, बाँके । बाँकेको जानकी गाउँपालिकाबाट ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम कार्यान्वयन शुरु गरेको छ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिऐ ।

उनले प्रदेशमा पहिलोपटक जानकी गाउँपालिकाले कार्यक्रम लागू गर्नको लागि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई यससम्बन्धी अनुशिक्षण दिई तयारी पूरा भएको बताए ।

गाउँपालिकाका अध्यक्ष यादवले प्रदेश सरकारले ल्याएको ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम पहिलोपटक आफ्नो गाउँपालिकाबाट लागू गर्न पाएकामा खुशी व्यक्त गरे । उनका अनुसार गाउँपालिकाका छ वटै वडामा ८४ वर्ष उमेर पूरा गरेका करीब २०० ज्येष्ठ नागरिक छन् ।

जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले ८४ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने प्रदेश सरकारको कार्यक्रम भए पनि सबै स्थानीय तहले त्यसको कार्यान्वयनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारले पहिलोपटक यो कार्यक्रम लागू गरेकाले पनि यसको सफल कार्यान्वयन गरी ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको उल्लेख गरे । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत रामबहादुर चन्दले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई महीनामा कम्तीमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बाँकेका आठ वटै पालिकामा लागू गर्ने क्रममा जानकी गाउँपालिकाबाट शुरु गरिएको बताए ।

उनले पहिलो चरणमा तथ्याङ्क सङ्कलन गर्ने, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कार्यक्रमको निर्देशिकाबारे जानकारी गराउन अभिमुखीकरण गर्नुका साथै सेवा दिने स्वास्थ्यकर्मीलाई समेत प्रतिपटक रु २५० सुविधा उपलब्ध गराउने नीति रहेको जानकारी दिए ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा यो कार्यक्रमले ज्येष्ठ नागरिकरको स्वास्थ्य उपचारमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालको भनाई छ ।

वि.सं.२०७५ चैत ९ शनिवार १३:४६ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...