
बाजुरामा बन्दै गरेको अपाङ्ग बालगृहको लागि मकाउमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् ।
मकाउमा कार्यरत प्रजुन कुमार अधिकारी र केशव राज ज्ञवालीको पहलमा ‘सके आर्थिक सहयोग हजार नसके सेयर’ भन्ने नाराका साथ बाजुरा जिल्ला बुढीगंगा नगरपालिका बाजुरामा बन्न लागेको अपांग बाल गृहका लागि ३८ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
सहयोग गर्नेहरुमा बाबा भाई (सृजन) ५००, प्रजुन कुमार अधिकारी ३५०,तारा बस्नेत २००,केशब राज ज्ञवाली १००, हरी अधिकारी १५०, मानसिंह बडाल १००, तुलसी पौड्याल १००, लोकेन्द्र लिम्बु १००, नर बहादुर खत्री १००, एनआरएनए अध्यक्ष शान्ती देबी अधिकारी र राम कार्की २००, शुरेश अधिकारी १००, हरी ज्ञवाली १००, ज्ञानेन्द्र कुमार श्रेष्ठ २००, बाबु काजी श्रेष्ठ २०० र कृष्ण शरण कार्की २०० मकाउ पताका सहयोग गरेका हुन् ।
उक्त रकम नायक राजेश हमालद्धारा अपाङ्ग अपाङ्ग बालगृहलाई प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
वि.सं.२०७५ चैत ९ शनिवार १४:०९ मा प्रकाशित






























