back
CTIZAN AD

प्रलेसको प्रदेश अध्यक्षमा मुक्तान थेबा

वि.सं.२०७५ चैत १० आइतवार

699 

shares

१० चैत, काठमाडौँ । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा मानिने प्रगतिशील लेखक सङ्घ (प्रलेस) को प्रदेश नं ३ को प्रथम सम्मेलन मुक्तान थेबाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा अनिता लामा र जगत रेग्मी, सचिवमा भीम थापा, सहसचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्षमा शैलेन्द्र अधिकारी चयन भएका छन् । सदस्यमा प्रदेशमा रहेका जिल्लाका अध्यक्ष र अन्य सदस्य रहेका छन् ।

सम्मेलनको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले आन्तरिक एकता बलियो बनेमा प्रतिध्रुवीय पक्षसँग लड्न सकिने भन्दै प्रलेसलाई रुपान्तरण गर्न आफूहरु तत्पर रहेकाले समानान्तर वा बेग्लै संस्थाको बहस चलाइनु अर्थहीन भएको जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले साम्राज्यवादको विरुद्ध वर्तमान सरकार र आफ्नो पार्टी लडिरहेकाले लेखकले एकताबद्ध भएर राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सघाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई र अध्यक्ष सरल सहयात्रीले विद्यमान अवस्थामा प्रलेसको औचित्य कायम रहले यसलाई सशक्त बनाउन आग्रह गरे । सम्मेलनमा प्रलेसका उपाध्यक्षहरु डा बिन्दु शर्मा, रामप्रकाश पुरी, महासचिव आरएम डङ्गोल, सचिव प्रकाश सिलवाल र सचिवालय सदस्य आरसी न्यौपानेलगायतले प्रादेशिक र जिल्ला सम्मेलन तथा अन्य गतिविधिले संस्था क्रियाशील भएको चर्चा गरेका थिए ।

प्रलेसेको एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा प्रलेसको प्रदेश र जिल्ला सम्मेलन भएको हो । राष्ट्रिय सम्मेलन यही चैत २२ र २३ गते काठमाडौँमा हुँदैछ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वर्तमान स्थितिमा प्रलेससँग सहकार्य गर्न नसकिने भन्दै सम्मेलनमा सहभागी नहुने जनाएको छ ।

वि.सं.२०७५ चैत १० आइतवार ०७:२४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...