
१० चैत, काठमाडौ । नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्राय त्यतै स्थापित हुने गर्छन् । पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन । अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु हो भन्ने ठान्छन् नेपाली युवा ।
युरोप, अष्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली बैज्ञानिक चीनमै काम गर्न थालेका छन् । उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन् ।
चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानीकलाई नेपालले भने चिन्ने जमर्को गरेको छैन ।आइतबारको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।
वि.सं.२०७५ चैत १० आइतवार ०७:३९ मा प्रकाशित






























