
१० चैत, काठमाडौ । पहिला पहिला फलामे ढोका भनिने एसएलसी अहिले बदलिएर एसइइ भएको छ । यस वर्षको एसइइमा ४ लाख परीक्षार्थी सहभागी रहेका छन् । ती मध्ये २ लाख ३८ हजार ५ सय ५८ जना छात्रा उक्त परीक्षामा सहभागी छन् ।
यसपटकको एसइइ परीक्षमा चर्चित अभीनेत्री तथा नयाँ शक्ती पार्टीकी नेतृ करीस्मा मानन्धर मात्रै होइन, नेकपाकी सांसद शान्ता चौधरी आफ्नी छोरी सँगै परीक्षामा सहभागी भएकी छन् ।कस्तो संयोग भने सांसद चौधरी र उनकी छोरीले एकैपटक एसइइको परीक्षा दिदै छन् । चौधरीकी छोरीले काठमाडौको बालसृजनालय बोर्डीङ्ग स्कुल बसुन्धराबाट परीक्षा दिइरहँदा सांसद आमा भने दाङबाट परीक्षामा सहभागी छिन् । सांसद चौधरीको सीम्बोल नम्बर ०५८८४५३ रहेको छ । उनी महेन्द्र मा.वी. तुलसीपुरकी खुला विद्यालय तर्फकी परीक्षार्थी हुन् ।
यस्तै अर्को अनौठो कुरा काठमाडौको सुवीधानगरमा ६७ वर्षकी हजुरआमा समेत एसइइ परीक्षामा सहभागी भएकी छिन् । काठमाडौबाट ६७ बर्षिया युगमाया काकीले पनि एसइइको परीक्षा दिदै छिन् ।
वि.सं.२०७५ चैत १० आइतवार १०:२९ मा प्रकाशित






























