
भाजपाका सिटिंग एम पी प्रख्यात अभिनेता शत्रुघ्न सिन्हालाई टिकट नदियेर केन्द्रीय मन्त्री रबीशंकर प्रसादलाई दिएकोले सिन्हा कांग्रेसमा प्रवेश गरी कांग्रेसको टिकटबाट सोही संसदीय क्षेत्रबाट चुनावमा उत्रने तयारीमा जुटेका हुन् ।
भारतको आऊँदो लोकसभा चुनावमा बिहारको बेगूसराय सीटमा CPI ( M ) बाट JNU का पूर्बछात्र संघका अध्यक्ष डा कन्हैया कुमार मैदानमा उत्रेका छन ।
उनलाई महागठबन्धनको समर्थन हुनेछ । उनको मुक़ाबिला भाजपाका बड़बोले नेता तथा केन्द्रीय मन्त्री गिरिराज सिंहसँग हुनेछ । त्यसो त गिरिराज सिंहलाई उनले पहिला जितेको चुनाव क्षेत्रबाट हटाएर कम्यूनिष्टहरूको बाहुल्यता भएको सो क्षेत्रमा उठाइएको हो । बेगूसराय कुनै ज़मानामा बिहारको मस्को या बेजिङ भनेर चिनिन्थ्यो । कन्हैया कुमारलाई यो सीट जित्न त्यती मुस्किल छैन। किनकी एक त ऊनी एक उम्दा तर्कबाज हुन् । अर्कों उनका प्रतिद्वन्दीमाा बोल्ने कला बिल्कुल शुन्य जस्तै छ । त्यस्तै कन्हैया युवा र शिक्षित ब्यक्ति हुन भने गिरिराज पुरानो बिचारधारालाई अगाड़ि बढ़ाऊने सामन्तबादि सोच भएका ब्यक्ति हुन् । कन्हैया बेदाग़ छन भने गिरिराज माथि भ्रष्टाचारको आरोप छ ।
त्यसैगरी पटना साहिबमा सिन्हा कांग्रेसबाट उठ्ने तयारीमा छन् । भाजपाका सिटिंग एम पी प्रख्यात अभिनेता शत्रुघ्न सिन्हालाई टिकट नदियेर केन्द्रीय मन्त्री रबीशंकर प्रसादलाई दिएकोले सिन्हा कांग्रेसमा प्रवेश गरी कांग्रेसको टिकटबाट सोही संसदीय क्षेत्रबाट चुनावमा उत्रने तयारीमा जुटेका हुन् । ऊनी रबिशंकर प्रसाद लाई ‘ ख़ामोश ‘ पार्नसक्षम हूनेछन । ”ख़ामोश’ उनको प्रख्यात फ़िल्मी लबज हो ।
बासु मिश्रको स्टाटसको सहयोगमा
वि.सं.२०७५ चैत १० आइतवार १०:३४ मा प्रकाशित






























