back
CTIZAN AD

तितो सत्य

वि.सं.२०७५ चैत १० आइतवार

771 

shares

शहरका डेरा छोरी र बुहारीले भरिएका छन्
छोरा जुवाईहरु परदेश तिर भासिएका छन्
भएको त्यै यौटा स्कुल पनि बन्द छ
सरकार जापानमा श्रमसम्झौता गर्छ
देशले नयाँ युगमा प्रवेश गरेको घोषणा गर्छ
मलाई सम्झना आउछ नेत्र सरको

घर रित्तो हुँदै जादा
गाउँ रित्तो हुँदै गयो
अहिले गाउँ रित्तो छ
यसरी गाउँ रित्तिदै गए पछि
कुनै बेला देश पनि रित्तो नहोला भन्न सकिन्न
आखिर देश भनेको भूगोल मात्रै कहाँ हो र ?
ओ वीर बहादुर दाइ
जनसंख्या भन्दा घर धेरै छ तिम्रो गाउँमा
मान्छे नभए पछि यी घरहरुमा
कसरी समृद्धि आउँछ मेरो देशमा
बेसी देखि माथि लेक सम्म पुरै खेत बाझो छ
चिप्लीखोलाको पानी कहिल्यै सुक्दैन भन्छिन् मनकला भाउजु
पानी नसुकेर के गर्नु मनकला भाउजु
यहाँको जवानी खाडीमा सुके पछि ।
अस्ति जस्तै लाग्छ कृष्ने बालाई
मुरीका मुरी धान वनको बाटो हुँदै जैमुरे पठाएको
आज त्यो बाटो पनि बन्द भयो
अहिले जेठोबुढोको चामल सम्झिदै
कसेरीबाट छोराले पठाएको मनसुली चामल
कसौंडीमा उमाल्छिन सानीआमा
शहरका डेरा छोरी र बुहारीले भरिएका छन्
छोरा जुवाईहरु परदेश तिर भासिएका छन्
भएको त्यै यौटा स्कुल पनि बन्द छ
सरकार जापानमा श्रमसम्झौता गर्छ
देशले नयाँ युगमा प्रवेश गरेको घोषणा गर्छ
मलाई सम्झना आउछ नेत्र सरको
सामाजिक पढाउँदा बारम्बार भन्नुहुन्थ्यो सरले
‘जापानको जन त्यो देशको धन हो बाबुनानी हो’
आज जापानले हाम्रो धन लैजान खोज्दै छ
हामी खुसीले बुरुक्क उफ्रीएका छौँ
शहरमा घर बनाउने सपना देखेर।

वि.सं.२०७५ चैत १० आइतवार १०:१६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...