१० चैत्र । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७६ बैशाख २ र ३ गते काठमाडौँमा व्यवसाय प्रबद्र्धन सम्मेलन गर्दैछ ।
सम्मेलनमा निः शुल्क स्टल राख्न सकिने भएकाले इच्छुक व्यवसायीहरुले यही चैत्र २० गते भित्र कफी बोर्डको केन्द्रिय कार्यालय, नयाँ बानेश्वरमा निवेदनका साथ सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डमा दर्ता भै सदस्यता प्राप्त गरेका सदस्यहरुले मात्र निःशुल्क स्टल राख्न सक्ने बताइएको छ ।

वि.सं.२०७५ चैत १० आइतवार ११:३८ मा प्रकाशित






























