back
CTIZAN AD

एनआरएनए टोली आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुँदै, सहभागी टोलीको घोषणा

वि.सं.२०७५ चैत १० आइतवार

768 

shares

आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएइ, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

१० चैत, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । आज पत्रकार सम्मेलन मार्फत एनआरएनएका केन्द्रीय अध्यक्ष भवन भट्टले एनआरएनए तर्फबाट सात प्रदेश, तीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने जानकारी गराएका थिए ।

विदेशमा रहेका नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैरआवासीय नेपाली संघसंग राष्ट्रिय खेलकुद परिषदले खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौता गरे बम्मोजिम संघका तर्फबाट खेलाडीहरु सहभागि हुन लागेका हुन् ।

सो सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरुको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरुमा गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको हो र आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएइ, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ। संघले संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भ ‘आठौं राष्ट्रिय खेलकुद’ मा सहभागी हुन पाउँदा ज्यादै उत्साही रहेको बताएको छ । इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो ।

विदेशमा रहेका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुले त्यहाँ पेशा व्यवसाय संगै आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन् । त्यस्ता खेलकुद सम्बन्धि नविन प्रविधि र विधि नेपालमा भित्र्याउन गैरआवासीय नेपाली खेलाडीको सहभगिताले सफलता मिल्नेछ र साथै राष्ट्रिय खेल प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरुको सहभागितासंगै विविध कारण विदेश बसोबास गरेका राष्ट्रिय गौरवका खेलाडीहरुको खेल क्षेत्रमा पुनरागमन हुने विश्वास अध्यक्ष भट्टले व्यक्त गरेका थिए ।

गैरआवासीय नेपाली संघ नेपालमा पछि परेका र प्रविधि मैत्री हुन नसकेका खेल क्षेत्रहरुको पहिचान गरि तिनीहरुको विकासमा साझेदार बन्न चाहेको धारणा समेत राखेका थिए । गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै संस्थागत संरचना भित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको छ र आगामी दिनमा संसारभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक र रेफ्रीहरु समेटी एक स्रोत साधनले सम्पन्न गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान विकास गर्ने सम्बन्धमा छलफल भैरहेको समेत बताइएको थियो ।

नेपालमा खेलकुद क्षेत्रको विकासका लागि विदेशमा रहेका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री र खेलप्रेमी योगदान गर्न चाहन्छन, तर त्यसका लागि उपयुक्त वातावरणको खोजीमा छन् र त्यस्तो वातावरण यस आठौँ राष्ट्रिय खेलकुदमा सहभगितासंगै बन्दै जाने विश्वास समेत एनआरएनएले लिएको बताइएको छ। । संघले सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपालमा खेल क्षेत्रमा सक्रिय राष्ट्रिय खेलकुद परिषद, विभिन्न खेल विधासंग सम्बन्धित संघ, महासंघ एवं क्लबहरु, गैरसरकारी संस्था तथा निजि संस्थाहरुसंग गैरआवासीय नेपाली संघको खेलकुद क्षेत्रको विकास सम्बन्धि गतिविधिमा सकारात्मक सहयोग र सहकार्यको अपेक्षाको लागि अनुरोध गरेको छ ।

वि.सं.२०७५ चैत १० आइतवार १८:०१ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...