back
CTIZAN AD

सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल

वि.सं.२०७५ चैत १२ मंगलवार

630 

shares

१२ चैत, काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलको प्रमुख कायकारी अधिकृत (सिइओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

चैत्र ११ गते बसेको बैंकको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर्सका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

कमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित रहेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले “भित्र सिस्टम र बाहिर इमेज” लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताएका छन् ।

पोखरेलले नीति नियमको पालना आफ्नो प्राथमिकतामा रहेको बताउँदै यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थविद अध्यक्ष रहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

 

वि.सं.२०७५ चैत १२ मंगलवार ०७:३८ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...