back
CTIZAN AD

काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङ मुक्त गरौं– ‘प्रधानमन्त्री’

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.1K 

shares

kullman-prachanda२२, काठमाडौं, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउनेबारे परामर्श गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् ? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’

भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिनुभयो ।

भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०७:४९ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...