Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङ मुक्त गरौं– ‘प्रधानमन्त्री’



kullman-prachanda२२, काठमाडौं, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउनेबारे परामर्श गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् ? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’

भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिनुभयो ।

भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ